INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोक्राहा नरसिंह गाउँपालिका–१ की ३० वर्षीया चन्द्रकला उराँवको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति लालुप्रसाद उराँवलाई माघ ७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले माघ ७ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई खुकुरी प्रहार गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेको पत्रकार सुरेन्द्र मेहताले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ ८ गते गरिएको छ ।

पीडित पक्षले माघ ९ गते शव बुझी साेही दिन भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोलामा सद्गत गरेको छ ।

अन्य

भिडियो