२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका फरार आरोपित भीमेश्वर नगरपालिका–५ का ५३ वर्षीय रामकृष्ण बस्नेतलाई प्रहरीले माघ ५ गते घरैबाट गिरफ्तार गरेको छ ।
पीडित महिलाले आफूलाई पुस १ गते बलात्कार प्रयास गरेको भन्दै आरोपित बस्नेतविरुद्ध पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ८ गते प्रादेशिक अस्पताल, चरिकोटमा गरिएको थियो ।