INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १९ वर्ष कैदसजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनका २७ वर्षीय दीपक विश्वकर्मालाई १९ वर्ष कैदसजायको फैसला गरेको छ ।

न्यायाधीश प्रकाश राउतको माघ ४ गतेको इजलासले कसुर ठहर गर्दै कैदसजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई फागुन १५ गते फङलिङबाट गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७७ चैत १० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको ०७७ चैत १० गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ फागुन १२ गते गरिएको थियो ।

अन्य

भिडियो