INSEC Online

📅 २०८३ जेष्ठ २१

कुकुरको टोकाइबाट घाइते बालिकाको इन्सेकको पहलमा उद्धार

कुकुरको टोकाइबाट घाइते भएकी चङ्खेली गाउँपालिका–६ मेल्छामकी ७ वर्षीया बालिका विमारीय ऐडीलाई इन्सेकको पहलमा उद्धार गरिएको छ ।

पुस ३० गते कुकुरले टोकेपछि आर्थिक अभावमा उपचार गर्न नसकेको भन्दै सहयोग गरिदिन भन्दै बालिकाकी आमा सविता बुढाले इन्सेकलाई माघ १ गते निवेदनमार्फत अनुरोध गर्नु भएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधिले सिता एयर नेपालगञ्ज स्टेसन इन्चार्ज सन्दिप भण्डारीलाई बालिकाको उद्धारका लागि सोहि दिन अनुरोध गरेपछि नेपालगञ्जसम्म बालिकालाई निशुल्क उद्धार गरिएको थियो ।

घाइते बालिकालाई जिल्ला अस्पताल हुम्लाबाट माघ १ गते नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको भए पनि थप उपचारका लागि सो अस्पतालले माघ २ गते काठमाण्डौँको टिचिङ्ग अस्पतालमा रिफर गरेको जिल्ला हुम्लाका निमित्त प्रमुख सरिता बोहराले जानकारी दिनुभयो ।

इन्सेकको सहजिकरणमा निःशुल्क नेपालगञ्ज गएर उपचार गर्न पाउँदा खुशी लागेको भन्दै बालिकाको आमा सविताले इन्सेकलाई धन्यवाद दिनुभयो ।

अन्य

भिडियो