INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

आदर्शकोतवाल गाँउपालिका–७ कोतवाली टोलकी नौ वर्षीया रुपमाला कुमारीलाई गत पुस २५ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आदर्शकोतवाल गाँउपालिका–८ कोत्वाली टोलका सन्तोष साह कानुलाई माघ २ गते गिरफ्तार गरेको छ ।

बालिकाको हत्या गरेको आरोपमा सन्तोषकी ४० वर्षीया आमा शान्तिदेवी कानुलाई पनि प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

पीडित बालिका पुस २५ गते दिउँसो बाख्रा चराउन गएपछि सम्पर्कविहीन भएको भन्दै बालिकाका बाबुले पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा हराएको उजुरी दिएका थिए ।

पुस २७ गते दिउँसो सोही टोलको जमुनी खोलामा शव फेला परेको थियो । पीडित बालिकाको घाँटी कसी टाउकोमा प्रहार गरी बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धनमा देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो ।

प्यास लागेर पानी खान आरोपितको कुखुरा फर्ममा गएकी बालिका फर्केर नआएको मृतकसँग बाख्रा चराउन गएका प्रत्यक्षदर्शी बताएका छन् ।

आरोपित सन्तोषले बलात्कार गरी हत्या गरेको र शान्ति देवीले बलात्कार र हत्या गर्दा भएका प्रमाणहरू लुकाउन सहयोग गरेको प्रहरीको आरोप छ ।

शवको पोष्टमार्टम पुस २८ गते कलैया अस्पतालमा गरी परिवारले अन्तिम संस्कार गरेका थिए ।

अन्य

भिडियो