INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

४० वर्षीया महिलालाई पुस १८ गते बलात्कार प्रयास गरेको आरोपमा मिथिला नगरपालिका–१० माझी टोलका ५० वर्षीय अर्जुन न्यौपानेविरुद्ध पीडितले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित महिलाले पुस १८ गते घटनाबारे उजुरी दिन लाग्दा गाउँमै मिलापत्रको लागि दबाब आएकाले प्रहरीमा उजुरी दिन ढिलाइ भएको पीडितले बताइन् ।

पीडितलाई आरोपित पक्षले गाउँमै घटना मिलाउन दबाब दिँदै आएको स्थानीय पत्रकार सरु लामाले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले पीडित पक्षबाट उजुरी आएकाले घटनाबारे अनुसन्धान थालिएको बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भने गरिएको छैन ।

अन्य

भिडियो