INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–६ त्रिभेणीया टोलका २१ वर्षीय प्रदिप केवटलाई पुस २६ गते घरबाटै गिरफ्तार गर्‍यो ।

पीडित बालिकालाई आरोपितले भदौ २९ गते यौन दुर्व्यवहार गरेको भनी पीडितले पुस २६ गते बाबुको सहयोगमा इलाका प्रहरी कार्यालय मर्चवारमा जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा उजुरी दिनुभयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मर्चवारका इन्सपेक्टर तेजबहादुर खत्रीले फोनमार्फत बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १३ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो