बृन्दावन गाउँपालिका-३ का ४२ वर्षीय रामएकवाल राय यादवलाई चैत ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ ।
मकवानपुर जिल्लाको डाँडाखर्क स्थित मनकामना माध्यामिक विद्यलायमा कार्यरत शिक्षक यादव विदामा आफ्नो घर आएका बेला सुतिरहेको समयमा अज्ञात समूहले बिहान १ बजे गोली प्रहार गरेको यादवको परिवारले जनाएको छ ।
टाउको र ढाडमा गोली लागी गम्भीर घाइते भएका यादवको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर केशव रेग्मीले बताए ।
गोली प्रहार गर्ने व्यक्तिको खोजतलास भइरहेको र घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर रेग्मीले बताए ।