INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१२ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–६ का ४५ वर्षीय धनिकलाल यादवले यौन दुर्व्यवहार गरेको आरोपमा परेको उजुरी इलाका प्रहरी कार्यालय महेशपुर पतारले पुस १६ गते दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको र स्थानीयले गाउँमै घटना मिलाउन छलफल भएकाले उजुरी दिन ढिलाइ भएको पीडित पक्षले जनायो ।

पीडित बालिकाकी आमाले रपितलाई कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १५ गते उजुरी दिएको बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस १५ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर बिरेन्द्र घिमिरेले आरोपित बिरुद्ध परेको उजुरी अनुसन्धान गरी दर्ता गरेको र आरोपित फरार रहेकाले खोजी कार्य सुरू गरिएको  बताउनु भयो ।

अन्य

भिडियो