INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश २ प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश स्वीकृत

प्रदेश २ मा प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश २०७८ स्वीकृत गरिएको छ । पुस ११ गते बसेको प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशनको चौथो बैठकमा बहुमत सांसदहरूले अध्यादेशमार्फत स्थापना गरिएको प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेशलाई स्वीकृत गरिएको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले बताउनु भयो ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमत सांसदले स्वीकृति दिएका थिए ।
पुस ८ गते प्रदेशसभाको बैठकबाट कृषि विश्वविद्यालयसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।

राजविराजमा कृषि र बीरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारले अध्यादेश ल्याएको थियो । राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना भइसकेको छ ।

बीरगंजमा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताउनु भयो ।

अन्य

भिडियो