INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाजु नाता पर्ने २३ वर्षीय पुरुषलाई जिल्ला अदालत चितवनले १९ वर्ष कैद हुने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले पुस ९ गते उक्त फैसला गरेको जिल्ला श्रेष्तेदार रुद्रमणि गिरीले बताउनु भयो । आरोपित भने हालसम्म फरार छन् ।

पीडित बालिकालाई ०७५ माघ १८ गते बलात्कार गरेको भनी पीडितको आमाले माघ १९ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण माघ २० गते भरतपुर अस्पतलामा गरिएको थियो ।

अन्य

भिडियो