INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–१७ मनहरपुरका १ वर्ष २ महिनाका बालक कृष्ण मुखियाको अपहरण गरेको आरोपमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टि वडा नं.१० घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उप–महानगरपालिका–१६ पुल्चोकका २५ वर्षीय सुरेश ठाकुरलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पुस ८ गते गिरफ्तार गरेको छ ।

बालक पुस ६ गतेदेखि हराइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितका बुबा रासलाल मुखियाले उजुरी पुस ६ गते दिनु भएको थियो ।

नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सिमाना नजिकबाट पुस ८ गते बालकलाई सकुशल उद्धार गरी आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।

बालक कृष्ण मुखियालाई पुस ९ गते आमा सङ्गिता मुखियाको जिम्मा लगाएको र आरोपितविरुद्ध धनुषा जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरिएको डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।

अन्य

भिडियो