INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई ०७८ मङ्सिर २३ गते बाल यौन दुर्व्यवहार गरेको आरोपमा कालिमाटी गाउँपालिका–६ तारुपरे निवासी ७४ वर्षीय मनबहादुर राम्जालीलाई इलाका प्रहरी कार्यालय कालीमाटीले मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

घटनाबारे पीडित पक्षले दिएको मौखिक अजुरीका आधारमा पीडितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

विद्यालयबाट फर्कंदै गरेकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते सल्यान अस्पतालमा गरियो ।

अन्य

भिडियो