INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविज्याँई कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार (बालविज्याँई)  गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका‒३ का १४ वर्षीय बालकलाई मङ्सिर २६ गते १२ वर्ष कैद र ७५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश राउतको इजलासले कैद र जरिबानाको फैसला सुनाएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपिले ०७८ साउन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई साउन ४ गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७८ साउन २१ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि बाल सुधारगृह विराटनगरमा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ साउन ४ गते गरिएको थियो ।

अन्य

भिडियो