१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-३ का २१ वर्षीय लोकबहादुर विकलाई चैत ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३ गते जिल्ला अस्पताल सल्लेमा गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गुर जिसीले बताए ।