सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–७ कर्महवाका १८ वर्षीय दिनेश यादवलाई मङ्सिर २२ गते कर्महवाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले प्रलोभन देखाएर मङ्सिर १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले मङ्सिर २२ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर युवराज कार्कीले फोन मार्फत बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।
