INSEC Online

📅 २०८३ जेष्ठ २१

अध्यक्ष र उपाध्यक्षबिच कुटपिट हुँदा अध्यक्ष घाइते  

छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबिच मङ्सिर २१ गते भएको कुटपिटका कारण अध्यक्षका दुई ओटा दाँत झरेका छन् ।

सो क्रममा उपाध्यक्षको हातमा चुराले काटेर चोट लागेको छ ।

गाउँपालिकाको सभाकक्षमा बसेको कार्यपालिकाको बैठकमा अनुदानको गहुँको बिउ वितरण गर्ने विषयमा सुरु भएको विवाद कुटपिटमा परिणत हुँदा अध्यक्ष घाइते हुनु भएको हो ।

16 days campaignNepali

‘आफूखुसी गर्न लागेको बिउ वितरणको योजना अस्वीकार गर्दा अध्यक्षले अपशब्द बोल्दै हात समातेपछि प्रतिवाद गरेको हुँ ।’ उपाध्यक्ष मण्डलले भन्नुभयो-‘सोही क्रममा दाँत झरेको हुन सक्छ ।’

अध्यक्ष मण्डलले आफूले भनेकै स्थलबाट बिउ वितरण गर्नुपर्ने अडान लिँदै अन्यथा फिर्ता पठाउने धम्की दिनुभएको आरोप छ ।

उपाध्यक्ष मण्डलले आफूमाथि अध्यक्ष मण्डलबाट अभद्र व्यवहार भएको भन्दै मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले उजुरी गर्न आउनु भएकी उपाध्यक्षलाई सिडिओको उपस्थितिमा दुवै पक्ष बसेर छलफल गर्न सल्लाह भएको बताउनु भयो ।

जनता समाजवादी पार्टीबाट निर्वाचित हुनु भएकी उपाध्यक्ष मण्डल अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ । नयाँ शक्ति पार्टीबाट निर्वाचित अध्यक्ष मण्डल हाल जनता समाजवादी पार्टीमा हुनुहुन्छ ।

अन्य

भिडियो