१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने १७ वर्षीय बालकलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित बालकले मङ्सिर १९ गते साँझ बलात्कार गरेको भन्दै पीडितकी आमाले मङ्सिर २० गते महानगरीय प्रहरी बृत्त थिमिमा उजुरी दिएको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी नरहरी रेग्मीले जानकारी दिनुभयो ।
बालिकालाई बलात्कार गरी फरार रहेका बालकलाई प्रहरीले ललितपुरको टीकाथलीबाट गिरफ्तार गरेको डिएसपी गिरीले बताउनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २० गते भक्तपुर अस्पतालमा गरियो ।