१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माङसेबुङ गाउँपालिका-७ बाँझोका १९ वर्षीय धिरज राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ ।
पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राईविरुद्ध अदालतले चैत २ गते मुलुकी ऐन जबरजस्ती करणी महलको १ नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३(२) नम्बर बमोजिम आठ वर्षकैदको फैसला सुनाएको हो । यसैगरी जबरजस्ती करणी महलको १० (ग) अनुसार पीडितका नाममा ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।