२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका‒३ का २५ वर्षीय चन्दीनारायण चौधरीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश माधवप्रसाद पराजुलीको मङ्सिर २२ गतेको इजलासले कुसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट २ लाख रुपियाँ जरिबाना र पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७७ चैत ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ५ गते इलाका प्रहरी कार्यालय वेल्टारमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले चैत ५ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत २६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ चैत ५ गते गरिएको थियो ।