INSEC Online

📅 २०८३ जेष्ठ २१

जोखिमपूर्ण काममा हिडेका बालकको इन्सेकको पहलमा उद्वार

भारतमा जोखिमपूर्ण काममा हिडेका दैलेख जिल्ला ठाटिकाँध गाउँपालिका–३ का १५ वर्षीय राजेश विकलाई मङ्सिर २१ गते इन्सेकको पहलमा प्रहरीले प्रहरीले उद्वार गरेको छ ।

भारत जानका लागि घरबाट भागेर हिडेको बालकका आफन्तले इन्सेक कर्णाली प्रदेशमा बालकको खोजी गरी उद्वार गरिदिन मङ्सिर २१ गते मौखिक जानकारी गराएका थिए । इन्सेक कर्णली प्रदेश र इन्सेक लुम्बिनी प्रदेशको समन्वय पछि जिल्ला प्रहरी कार्यालयको सहयोगमा बालकको उद्वार गरी आफन्तको जिम्मा लगाइएको छ ।

16 days campaignNepali

इन्सेक जिल्ला प्रतिनिधिको समन्वयमा बालकलाई नेपालगञ्ज उप–महानगरपालिका–४ को दैलेख बम होटेल बाट उद्वार गरिएको थियो ।

भारतमा काम गर्न भनेर साथीहरूसँग भागेर नेपालगञ्ज आएको इन्सेक बाँके प्रतिनिधिसँगको भेटमा राजेशले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वरदेव गिरीले बालकलाई आफन्त ३८ वर्षीया धना रोकायलाई जिम्मा लगाएर पठाएको बताउनु भयो ।

अन्य

भिडियो