INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार कसुरदार १६ वर्षपछि गिरफ्तार

१८ वर्षीया युवतीलाई २०६२ भदौ १८ गते बलात्कार गरी फरार रहेको कसुरमा प्रहरीले लम्कीचुहा नगरपालिका–३ का ४८ वर्षीय राजकुमार चौधरीलाई १६ वर्षपछि मङ्सिर २० गते गिरफ्तार गरेको छ ।

फरार रहेका कसुरदार घरमा लुकेर बसेको भन्ने गोप्य सूचना प्राप्त भएपछि कसुरदार चौधरीलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेमसिंह खडकाले बताउनु भयो ।

युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले २०६२ भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले कसुर ठहर गरी २०६३ असोज २७ गते आठ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्ति दिनु पर्ने फैसला सुनाएको थियो ।

कसुरदार चौधरीलाई २०७८ मङ्सिर २१  गते जिल्ला अदालतमा उपस्थित गराउने तयारी समेत भइरहेको इन्स्पेक्टर खडकाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण २०६२ भदौ १९ गते सेती प्रादेशिक अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो