सीमाङ्कनलगायत मुद्दामा असन्तुष्टि जनाउँदै संविधान संशोधनको माग गर्दै आएका संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाका सांसदहरूले चैत १ गतेको व्यवस्थापिका संसद बैठक बहिष्कार गरेका छन् ।
संसद बैठक सुरू हुनासाथ सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन गरी मधेसी जनतालाई अधिकार सम्पन्न गर्नुको साटो सरकारले संशोधन विधेयक पारित गर्न आनाकानी गरेको आरोप लगाए । सरकारले मधेसी जनतामाथि गोली हानी उनीहरूको अधिकार खोसेको उनले आरोप लगाए । सांसद कर्णले बोलिसकेपछि मधेसी मोर्चामा आबद्ध सांसदहरू संसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।
यसैबिच व्यवस्थापिका संसदको चैत १ गतेको बैठकले स्थानीय तहको वडा निर्धारणसम्बन्धी विधेयक, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतका न्यायाधीशको सेवा सुविधासम्बन्धी विधेयक र विशिष्ट व्यक्तिहरूको पारिश्रमिकसम्बन्धी विधेयक पारित गरेको छ ।