INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

शारीरिक रूपमा अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका–१ स्वाँराटोलका ३८ वर्षीय विष्णु राईलाई मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।

16 days campaignNepali
पीडित बालिकालाई आरोपितलेमङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १६ गते उजुरी दर्ता गराएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनार्दन घिमिरेले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १६ गते त्रिशूली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो