नेकपा माओवादीको जनवर्गीय सङ्गठन वाइसीएलका कनकासुन्दरी गाउँपालिकाका इन्चार्जमाथि मङ्सिर १५ गते साँझ आक्रमण भएको छ ।
कनकासुन्दरी गाउँपालिका–५ का ३५ वर्षीय मानसिंह वडमाथि सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँ नजिकै मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिले आक्रमण गरेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

रडले प्रहार गर्दा टाउको र ढाडमा चोट लागेका घाइते वडको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डाक्टर रमेश भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर यूवन चौधरीले घटनाका आरोपितको खोजि तथा अनुसन्धान गरिरहेको बताउनुभयो ।