पाँच वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई मङ्सिर ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका–७ भुजीका प्रकाश भन्ने १८ वर्षीय पदमबहादुर नेवारलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।
पाँच वर्षीया बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको देखेर बचाउन गएकी आठ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडित बालिकाहरू चिच्याउन लागेपछि गाउँलेले थाहा पाउने डरले आरोपित भागेकाले आरोपितलाई उमाकुण्ड–७ भुजीको लहरे टोलबाट गिरफ्तार गरिको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।
पीडितद्वयको स्वास्थ्य परीक्षण मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मङ्सिर ७ गते गरएिको छ ।