INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्गला गाउँपालिका–२ मिठौलाका २८ वर्षीय लक्ष्मण किसानलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर ६ गते साँझ घर नजिकै जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सोही दिन उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते बेनी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो