INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय बन्द गरेर नेपाली कांग्रेसको मतदानस्थल

नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन तयारी अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नं २ र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनको मतदानस्थल विद्यालयलाई बनाइएको छ ।

नीलकण्ठ माध्यामिक विद्यालय मङ्सिर ७ गते विदा गरेर नेपाली कांग्रेसले मतदानस्थल बनाएको हो ।

नेपाली कांग्रेसको क्षेत्र नं २ को क्षेत्रीय निर्वाचन र प्रदेशसभा अन्तर्गत क र ख क्षेत्रको निर्वाचन गर्नुपर्ने भएकोले विद्यालय बन्द गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक ध्रुब अधिकारीले विद्यालयको पहिलो त्रैमासिक परीक्षाको नतिजा बनाउन शिक्षकहरू लागेको र विद्यार्थीहरू विद्यालय नआएकोले विद्यालय विदा जस्तो भएको बताउँदै कांग्रेसको निर्वाचनसमेत यहि बेला परेकाले संयोग परेको बताउनुभयो ।

विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन नगर्ने प्रतिबद्धता भएपनि सदरमुकाम रहेको निलकण्ठ माध्यामिक विद्यालयमा भने नेपाली कांग्रेसले कार्यक्रम गरेको हो ।

photo20211123dhading

अन्य

भिडियो