INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले भारतको, अररिया जिल्ला स्थायी घर भई कटहरी गाउँपालिकामा बस्दै आएका २४ वर्षीय मुकेश सरदारलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाका बाबुआमा खेतमा काम गर्न गएको मौका छोपी आरोपितले बालिकालाई घरबाट खोलामा पुर्‍याएर बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

खेतबाट घर फर्किएका बाबुआमाले छोरी घर नभएपछि खोजी गरेका थिए । खोजीका क्रममा नजिकैको खोला किनारामा अर्धचेत अवस्थामा छोरी फेला परेको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घाइते बालिकाको उपचार मोरङस्थित एक अस्पतालमा भइरहेको छ ।

अन्य

भिडियो