केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया कृष्णादेवी रावलको मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय, बझाङको हिरासतमा मृत्यु भएको छ ।
हिरासत कक्षमा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल, सिमखेत लैजाँदै गर्दा ७७ वर्षीया रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर बिष्टले बताउनु भयो ।
बिहान चिहा खाने क्रममा रावल बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याएको भएपनि चिकित्सकले मृत घोषित गरेको डिएसपी विष्टको भनाई छ ।
शवको पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल, सिमखेतमा राखिएको छ ।
प्रहरी हिरासतमा मृत्यु हुनु भएको रावल र उहाँका छोरा जयबहादुर रावलालाई कात्तिक २० गतेदेखि कर्तव्य ज्यान अन्तर्गत हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।
आमा छोरा मिलेर हत्या गरिएको भन्दै जयबहादुर रावलका ससुराली पक्षले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
प्रहरी हिरासतमा मृत्यु भएकी रावलकी बुहारी २८ वर्षीया धौलीदेवी रावल कात्तिक ७ गते घरमै झुण्डिएको अवस्थामा फेरा परेकी थिइन् ।