INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सैनामैना नगरपालिका–११ बनकट्टीका ३२ वर्षीय जगत थारु विरूद्ध कात्तिक २७ गते  इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भन्दै उजुरी आएको  इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर दिवाकर रिजालले बताउनु भयो । आरोपित फरार रहेकोले खाजी कार्य भइरहेको इन्स्पेक्टर रिजालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

अन्य

भिडियो