२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ विशालनगरका २७ वर्षीय सलमान खानलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।
कात्तिक २० गते बिवाहको प्रलोभन देखाएर कोठा भित्र लगेर बलात्कार प्रयास गरेको आरोपमा पीडितकी आमाले आरोपित विरुद्ध कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको जिल्ला प्रहरी कार्यालय,कैलालीका इन्स्पेक्टर प्रेमसिंह खड्काले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितको खोजतलास गर्दा लुकेर बसेको अवस्थामा कात्तिक २३ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर खड्काले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।