१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा–७ घुम्थाङका ३० वर्षीय विष्णु बिकलाई कात्तिक १६ गते जम्बु बजारबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक ८ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. जीवनराज श्रेष्ठले बताउनु भयो ।