सुस्तमनस्थितीकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-११ का ३८ वर्षीय श्याम विश्वकर्मालाई फागुन २६ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपित विश्वकर्माले फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा फागुन २६ गते उजुरी दिएका थिए ।
पीडितको युवतीको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा फागुन २६ गते गरिएको प्रहरीले जनायो ।