INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानाध्यापकलाई मोसो दलेको घटनाका आरोपित गिरफ्तार

श्री फकिरचन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक सबैला नपा–१२ का ५० वर्षीय बैजु साहलाई कात्तिक १२ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सबैला नपा–१२ का ३० वर्षीय विक्की कापरलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

गिरफ्तारीमा परेका कापर र सोही ठाउँका २९ वर्षीय मनोज ठाकुरलगायत पाँच/सात जनाको समूहले सबैला नपा–१५ बरकुर्वास्थित श्री फकिरचन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक सबैला नपा–१२ बस्ने ५० वर्षीय बैजु साहलाई कात्तिक १२ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोप छ ।

घटनाका आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा कात्तिक १२ गते नै उजुरी दिएको पीडित प्रधानाध्यापक साहले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनुभयो ।

आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा कात्तिक १५ गते उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

घटनाका आरोपितमध्ये एक जनालाई गिरफ्तार गरी अन्य संलग्नहरूको खोजी कार्य भइरहेको डिएसपी बस्नेतले बताउनुभयो ।

अन्य

भिडियो