INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएकी बालिकाको अध्ययनका लागि इन्सेकद्धारा आर्थिक सहयोग

मोतिपुर औद्योगिक क्षेत्रमा ०७८ असोज २४ गते भएको प्रहरी र प्रदर्शनकारीबिचको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका सुध्द्धोधन गाउँपालिका–५ सित्तलपाटीका ३८ वर्षीय विरेन्द्रप्रसाद कुर्मीको अपाङ्कता भएकी ६ वर्षीया कोमल राज्यलक्ष्मी कुर्मीको अध्ययनका लागि इन्सेकले कात्तिक १२ गते सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका कुर्मीका परिवारमा कमाउने मान्छेको मृत्यु भएको र आश्रित दुई छोरा एक छोरी रहेकोमा छोरी अपाङ्गता अध्ययनको सहयोग गरेको हो ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले मृतकको घरमा मानव अधिकार निगरानी समूहका  पदाधिकारीहरूको रोहवरमा १० हजार रूपियाँ मृतककी पत्नी कलावती कुर्मी र छोरी कोमल राज्यलक्ष्मी कुर्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।

 

अन्य

भिडियो