INSEC Online

📅 २०८३ जेष्ठ २१

घरायसी विवादमा जेठाजुद्वारा कुटपिट

सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवलाई ४० वर्षीय जेठाजु जोगेन्द्र यादवले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।

स्थानीयका अनुसार जोगेन्द्रले घरायसी विवादमा कात्तिक १३ गते राति कुटपिट गर्दा सीमा गम्भीर घाइते हुनु भएको छ ।

घाइते सीमालाई उपचारको लागि जनकपुरस्थित बौधीमाई अस्पताल लगी भर्ना गरिएको छ ।

कुटपिटपछि आरोपित ‘फरार’ भएकाले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । सीमाका पति मनोज यादव दुई वर्षदेखि वैदेशिक रोजगारीमा रहेको पनि पीडित पक्षले जनाएको छ ।

अन्य

भिडियो