विराटनगर महानगरपालिका–८ की ५४ वर्षीया रफिना खातुनले आफूलाई कथित बोक्सी आरोपमा कुटपिट गर्ने आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको आरोप लगाउनु भएको छ ।
विराटनगर महानगरपालिका–८ का ५५ वर्षीय हविबुल मियाँ, ३५ वर्षीय मुस्तिकिम मियाँ, ३० वर्षीय सगिर मियाँ र २८ वर्षीया कविर मियाँले असोज १९ गते बोक्सी भन्दै कुटपिट गरेको र आफूले असोज २२ गते आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडितले कात्तिक ११ गते पत्रकार सम्मेलन गरी बताउनु भयो ।
हबिबुल मियाँले आफ्नो नाति बिरामी भएको र नाति बिरामी हुने कारण बोक्सी लागेको भन्दै असोज १९ गते घरमा बसि रहेको अवस्थामा कुटपिट गरेको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
घटनाका आरोपित हबिवुलसहित अन्य तीन जनाले आफूलाई अपशब्द प्रयोग गरी गालीगलौच गरेको र दाहिने हातको काँइली औँला भाँची दिएको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
घटनाका आरोपितविरूद्ध आफूले असोज १९ गते जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको र प्रशासनले सोही दिन जिल्ला प्रहरी कार्यालयलाई पत्र काटेको भएपनि घटनाका आरोपितमाथि प्रहरीले अनुसन्धान अघि नबढाएको पीडितका भाईले पत्रकार सम्मेलनमा बताउनु भयो ।
घटनाका दोषीलाई कारबाही गर्न प्रशासनले असोज १९ गते नै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको भएपनि प्रहरीले कारबाही अघि नबढाएको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
आफू असोज २२ गते जिल्ला प्रहरी कार्यालय गएर कारबाहीको विषयमा बुझ्दा प्रहरीले उजुरी नै नआएकाले कारबाही अघि बढ्न नसकेको जबाफ दिएको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले आरोपितविरूद्ध प्रहरीमा हुलाकमार्फत उजुरी आएको भएपनि पीडित महिला सनाखतका लागि नआएकाले कानुनी कारबाही अघि बढाउन नसकिएको बताउनु भयो ।
कारबाहीको विषयमा बुझ्न पीडित महिला असोज २२ गते जिल्ला प्रहरी कार्यालय आएको अवस्थामा घाऊजाँच केश फारम भरी कोशी अस्पताल पठाएको डिएसपी श्रेष्ठले बताउनु भयो ।
कात्तिक ११ गतेको पत्रकार सम्मेलनमा आरोपितविरूद्ध जिल्ला प्रशासन कार्यालय र आफूले हुलाकमार्फत असोज २२ गते उजुरी दिएको भएपनि प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा कात्तिक १० गते पति सकिल मियालाई प्रहरीले जिल्ला लिएर गएको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
घटनाका विषयमा इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले जिल्ला प्रहरी कार्यालयमा बुझ्दा प्रहरीले काुननी कारबाही अघि बढाएको र पीडितका पतिलाई घटनाका विषयमा बुझ्न मात्र प्रहरी कार्यालय झिकाएको जानकारी दिएको छ ।