आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १८ वर्षीय दिपलाल कामीलाई कात्तिक ८ गते बुद्धनगरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ वैशाख ३ गते बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको भन्दै पीडित पक्षले कात्तिक ७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको डिएसपी मदन कुवँरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।