INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–१० खैरेनीका  ३२ वर्षीय केदार रणपाललाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक १ गते  झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्दै पीडितले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा  आरोपितलाई गिरफ्तार गरी घटनाबारे थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २ गते पाल्पा अस्पतालमा गरिएको छ  ।

अन्य

भिडियो