१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ११ प्रभासका २० वर्षीय प्रेम सुनारलाई कात्तिक १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको डिएसपी त्वातीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १ गते पाल्पा अस्पतालमा गरिएको छ ।