४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज ३१ गते गिरफ्तार गरेको छ।
पीडितलाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध असोज ३१ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ३१ गते दमौली अस्पतालमा गरिएको छ ।