१४, १६ र १७ वर्षीया बालिकाहरूलाई असोज ३० गते नौ जनाको समूहले बलात्कार गरेको आरोपमा प्रहरीले असोज ३१ गते कमलामाई नगरपालिका–५ बोझेका २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई गिरफ्तार गरेको छ ।
अन्य ‘फरार’ आरोपितको खोजी भइरहेको र घटनाको आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पीडितहरूको स्वास्थ्य परीक्षण सिन्धुली अस्पतालमा गरिएको र रिपोर्ट आउन बाँकी रहेको छ ।