२३ वर्षीया महिलालाई अपहरण गरी भारतको मुम्बईमा लगेर यौन कार्यमा लगाएको भन्दै पीडितले रोहिणी गाउँपालिका–३ की ४८ वर्षीया अलामुन निशा, सोही ठाउँका ४६ वर्षीय बाले पठान र रोहिणी गाउँपालिका–४ की ५० वर्षीया शान्ति भर विरूद्ध असोज २२ जिल्ला प्रहरी कार्यालयमा .उजुरी दिनु भएको छ ।
पीडितलाई आरोपित अलामुनले ०७६ जेठ २३ गते काम बहानामा बोलाएर घरमा लगी पानी खाएपछि आफू बेहोस भएको र सोही समयमा आरोपितहरूले भारतको मुम्बईमा लगेर यौन कार्यमा लगाएको पीडितले बताउनु भयो । पीडितको अहिले १० महिनाको छोरी रहेको रहेकी छन् ।
पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते भीम अस्पताल, बुटवलमा गरिएको छ ।