INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिदिङ्मा गाउँपालिका–७ सुरुमखिमका ४२ वर्षीय जितमान राईलाई असोज १८ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गराउन आदेश भएको अदालतका इजलास सहायक निमाछिरीङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

०७५ फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध ०७६ पुस १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

आरोपितलाई प्रहरीले पुस १० गते गिरफ्तार गरी माघ ६ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वालनरसिंह राणाले बताउनु भयो ।

जिल्ला अदालतको माघ ७ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुना पठाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ पुस १० गते गरिएको थियो ।

अन्य

भिडियो