२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–९ का ४५ वर्षीय सुन्दर केसीलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश गायत्री रेग्मीको असोज १८ गतेको इजालसले केसीलाई तीन वर्ष कैद सजाय सुनाएको श्रेष्तेदार रुद्रमणि गिरीले बताउनु भयो ।
पीडित महिलाले भरतपुर महानगरपालिका–६ मा ०७७ आसेज ८ गते गाडीभित्र बलात्कार प्रयास गरेको भन्दै केसीविरुद्ध ०७७ असोज १० जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
केसीलाई प्रहरीले ०७७ मङ्सिर ३ गते गिरफ्तार गरी अदालतको आदेशमा पुर्पक्षका लागि भरतपुर कारागार पठाएको थियो ।
महिलाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा ०७७ असोज ११ गरिएको थियो ।