१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मैवाखोला गाउँपालिका–५ फाकुम्बाका १९ वर्षीय लाक्पातार्के शेर्पालाई असोज १७ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २ लाख रुपियाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा १ हजार ८ सय रुपियाँ जम्मा गर्न आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित युवतीलाई आरोपितले ०७६ साउन २९ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले आरोपितविरूद्ध ०७६ चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७६ चैत २८ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ चैत ९ गते गरिएको थियो ।