१६ वर्षीया बालिकालाई असोज ३ गतेदेखि ६ गतेसम्म जनकपुरस्थित एक होटलमा बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–४ का ३० वर्षीय जितेन्द्रकुमार महरा र बलात्कार गर्न सहयोग गरेको आरोपमा ३२ वर्षीय अरुणकुमार महराविरुद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारले उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १६ गतेसम्म नगरिएको पीडित परिवारले इन्सेक प्रतिनिधिलाई जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले बालिकाको तर्फबाट उजुरी आएको बताउनु भयो ।
पीडित बालिकाकको स्वास्थ्य परीक्षण भएनभएको बारेमा आफूलाई जानकारी नभएको भन्दै बुझेर बताउने उहाँले जानकारी दिनु भयो ।
पीडित बालिकालाई एक सुरक्षित आवास गृहमा राखिएको छ । आरोपितहरू ‘फरार’ रहेको जनाइएको छ ।