भरतपुर महानगरपालिका–९ निवासी ज्येष्ठ नागरिक ७४ वर्षीया बाबुहजुर थापाको ०७७ असोज ५ गते हत्या गरेको कसुरमा मकवानपुर जिल्ला थाहा नगरपालिका–८ घर भइ भरतपुर महानगरपालिका–९ शरदपुरमा डेरा गरी बस्ने ३५ वर्षीया शोभा विकलाई जिल्ला अदालतले जन्मकैद फैसला तोकेको छ ।
न्यायधीश शकुन्तला कार्कीको इजलासले असोज १५ गतेको इजालशले हत्या घटनामा संलग्न भएको कसुरमा विकलाई उक्त सजाय तोकेको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउन्भयो ।
आमाको हत्या गरेको आरोपमा पीडितका छोरा छोरा चिरञ्जीवी थापाले विकविरुद्ध असोज ८ गतेजिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
घटनापछि फरार विकलाई प्रहरीले ०७७ फागुन २ गते गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम भरतपुर अस्पतालमा असोज ८ गते गरिएको थियो ।