INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२४, मालीगाउँका ६८ वर्षीय शान्तप्रसाद दाहाललाई प्रहरीले ०७८ असोज १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई प्रलोभनमा पारेर असोज १२ गते पीडितको निवासमा नै यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

आरोपितलाई असोज १३ गते नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पताल लगनखेलमा असोज १३ गते गरिएको छ ।

अन्य

भिडियो